जिल्ला प्रशासन कार्यालयल काठमाडौंले राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने जनाएको छ।जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न पाइने जनाएको हो।
देउसीभैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले भनेको छ। कोभिड-१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत प्रशासनले भनेको छ।पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, बिक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ।