पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङकाे उर्लाबारी-४ आइतबारेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
दिउँसो एक बजे पश्चिमतर्फ गइरहेको को १ ख ७८२८ नम्बरको बसले प्रदेश १ ०२०४१प ४४०८ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उर्लाबारी-४का ६५ बर्षका नरेन्द्र ढुंगानाको घटनास्थलमै मृत्यु भएको हो।
बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले स्थानिय सवारी आगगमन ठप्प पारेका छन्। स्थानीयको आन्दोलनले शव प्रहरीले उठाउन सकेको छैन।