• गलेश्वर, २१ कात्तिक

    वर्षौँदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानी कालाबाङ्गवासी केन्द्रीय प्रसारण लाइनको विद्युत्ले गाउँ नै झिलीमिली भएपछि खुशी छन् ।

    पाखापाखानीको कमथानबाछ घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगङ्गा–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताउनुभयो ।

    यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत् परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए ।  केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । विद्युतीकरणका लागि हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे थियो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…