• गण्डकी, २१ कात्तिक

     वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको छ । पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् ।

    उक्त अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग गर्ने जानकारी दिनुभयो । वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले हालसम्म सरकारी सहयोग नपाएको र विभिन्न व्यक्तिको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

    विशेषगरी पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउने बढी मात्रामा आउने गरेको जनाउँदै उहाँले वृद्धाश्रममा सहयोग गर्ने दाताकै कारण वृद्धाश्रममा केही कुराको कमी नरहेको बताउनुभयो । सञ्चारकर्मी एमबी आस्थाले अहिले विभिन्न क्लब तथा रेष्टुरेण्टमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र यस्ता फजुल खर्चलाई केही भए पनि सामाजिककार्यमा लगाउन सके पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

    उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष वोधराज कार्की, उपाध्यक्ष रेशम जिसी, सचिव ललित बानियाँलगायतले समाजसेवामा जुट्न आह्वान गर्नुभएको थियो ।

    यसैबीच समाजसेवी टीकाकुमारी गुरुङले आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रमलाई रु १० हजार १०० प्रदान गर्नुभएको छ । उक्त रकम वृद्धाश्रमका अध्यक्ष कार्कीलाई उनका पति मुनेश थापासहित गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…