• काठमाडौं । नेपालको राजधानी काठमार्डौमा हुन लागेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र १ नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई आउने भएका छन् । 
    सम्मेलनको उद्घाटन कार्यक्रम कार्तिक २७ गते (नोभेम्बर १३) राष्ट्रिय सभागृहमा दिनको १ बजे हुँदैछ । उद्घाटन सभाको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र बिशिष्ट अतिथिको रुपमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक बिकास राज्य मन्त्री बिष्णुमाया लिम्बू (राई) आउने किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन मुल आयोजक समितिको संयोजक दिबस राईले बताए । उद्घाटन कार्यक्रममा प्रदेशका अन्य मन्त्रीहरु, संघ र प्रदेशका सांसदहरु, पूर्ब मन्त्री, संवैधानिक निकायका सदस्यहरु कार्यक्रममा उस्थित हुने आयोजक समितिका सदस्य सचिव जनक राईले बताए ।  

    कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, पार्वति राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 
    विश्वभर रहेका राई समुदायको एकता, संस्कार, संस्कृतिमा एक रुपताको साथै किरात प्रदेश नामकरणको लागि आवश्यक पहल गरिने बताइएको छ । दुई दिनसम्म चल्ने बन्दसत्रमा प्रस्तुत बिषयहरु माथि गम्भीर छफफल, बहसपछि निर्णय हुनेछ । सम्मेलनमा आठ भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुने र छलफलपछि सामुहिक निर्णय हुने यायोक्खा उपाध्यक्षसमेत रहेका विदेश बिभाग प्रमुख जिवन हाताछो राईले बताए । 
    किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा कार्तिक २७, २८ र २९ गते (२०२१ नोभेम्बर १३, १४ र १५ तारिख) काठमाडौमा हुन लागेको हो । 
    सम्मेलनमा छिमेकी भारतको दार्जेलिङ, सिक्किम, अमेरिका, बेलायत, इजरायल, यूएई, कतार, मलेशिया, मकाउ, हङकङल लगायत १५ भन्दा बढी बिदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरु र ८ वटा भातृ संस्थाहरुबाट ३७५ जना भन्दा बढि प्रतिनिधिहरुको सहभागिहुने किराया केन्द्रीय महासचिव जनक राईले बताए । सम्मेलन सम्पन्न गर्न यायोक्खा अध्यक्ष समेत रहेका किरात राई अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्ष दिवस राईको अध्यक्षतामा मूल आयोजक समिति र सो मातहतमा रहने गरी ११ वटा उपसमितिहरु गठन गरि क्रियाशील रहेको महासचिव जनक राईले बताए । 
    यस अघि २०६७ साल चैत २७ र २८ गते (सन २०११ अप्रिल ११ र ११) काठमाडौं नेपालमा पहिलो र २०७१ साल फागुन ९ र १० गते (सन २०१५ फेबु्रअरी २१ र २२) भारतको सिलिगुडीमा किरात राई दोस्रो अन्तराष्ट्रिय सम्मेलन भएको थियो । 

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…