• काठमाडौं, कात्तिक २४ गते । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ ।

    तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिनुभयो । त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको उहाँले बताउनुभयो ।

    ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनुहुनेछ भने कुल ८० प्रश्न सोध्नुहुनेछ । एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउनु हुने प्रवक्ता चौलागाइँले बताउनुभयो । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने उहाँले बताउनुभयो ।

    ‘‘७० को हाराहारीमा प्रश्नहरु छन् । सामुदायिक प्रश्न वडाले जवाफ दिने पनि छुट्टै छ । यस हिसाबले ७०–७२ वटा प्रश्न प्रत्यक्ष देखिएका छन् । यसलाई समग्रमा हेर्ने हो भने ८० वटा प्रश्नहरु हुनेछन्,’ उहाँले भन्नुभयो, “‘यो पटक लामो प्रश्नावली रहेको छ । यो विश्वकै लामो प्रश्नावली बुझिएको छ ।”

    ‘यो प्रश्न सक्न २५ देखि ३० मिनेटको समय छुट्याइएको उहाँले बताउनुभयो । कुनै परिवारका सदस्य धेरै छन् भने समय बढी लाग्छ । परिवार सानो छ भने त्यहाँ थोरै समय लाग्छ” उहाँले भन्नुभयो, ‘त्यसैले एक परिवारका लागि एक जना गणकले २५ देखि ३० मिनेट सयम छुट्याउनुपर्ने छ ।’ जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने पनि उहाँले बताउनुभयो ।

    यसैगरी कालापानी, लिपुलेक क्षेत्रमा जगनणना गर्न भने स्वीकृति लिनुपर्ने उहाँले बताउनुभयो । ‘कालापानी, लिपुलेक क्षेत्रमा चार–पाँच वटा गाउँ छन् । केही गाउँमा तथ्याङ्क विभागका कर्मचारीले घर परिवार सूचीकरण गरिसक्नुभएको छ । तर, केही ठाउँमा प्रशासनको स्वीकृति लिएर मात्रै जान मिल्ने अवस्था छ ।,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा त्यस ठाउँमा स्वीकृतिको लागि बाँकी राखेका छौं । मिल्यो भने फेरि विभागका कर्मचारी जानुहुन्छ । जनगणना समन्वय समितिमा सिडिओ हुनुहुन्छ । उहाँहरुले पनि यसका लागि पहल गरिरहनुभएको छ । यो सरकारी स्तरबाटै पहल गर्नुपर्ने कुरा हो ।’

    ४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ । १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने भएको छ । ‘यो १२ औं जनगणना हो । यसका लागि हामीले यसभन्दा अगाडि घर परिवार सूचीकरण कार्यक्रम गरिसकेका छौं । मुख्य गणनाको कार्य बिहीबारदेखि शुरु हुँदैछ, १५ दिनको लागि’ उहाँले भन्नुभयो । निर्वाचन क्षेत्रको निर्धारण साथै वडागत तहको विवरणको लागि र विकास निर्माणको लागि पनि जनगणनाको तथ्याङ्क आवश्यक पर्ने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…