• खलङ्गा, २७ कात्तिक

     जुम्लाको गुठीचौर गाउँपालिकाले  सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ  । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको  हो । 

        विगतदेखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन् । अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीर्ले  निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ । कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताउनुभयो । 

        सौर्य ऊर्जाका लागि रु तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो । 
        गुठीचौरमा ‘होमस्टे’ 
        यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन्  । सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृाष्टिगत गर्दै स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन् । यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका  अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । 
     
        होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयवासीलाई जागरुक बनाउने कार्य भइरहेको छ । अध्यक्ष भण्डारीले भन्नुभयो, “होमस्टे यहाँका रैथाने वस्तुको प्रवद्र्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन् । होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरून् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ ।”  गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । होमस्टे व्यवस्थित बनाउनका लागी पालिकाले होमस्टे सञ्चालकलाई आवश्यक सामाग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखाप्रमुख मोतिप्रसाद जैसीले बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…