• काठमाडौँ, १ मङ्सिर

     अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो । 

    अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गर्नुभयो । आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…