• राजविराज, ६ मङ्सिर

     सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 
         उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिनुभयो ।   

        यसैगरी ११ औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल ,कोषाध्यक्षमा प्रमोदकुमार कावरा ,सहकोषाध्यक्षमा निर्मल मुन्धडा यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी हुनुभएको थियो । 

        कूल एक हजार ३२२ मतदाता रहेको सङ्घमा एक हजार १६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए  । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…