• ‘ंसंगठन भित्रको अराजकताको अन्त्य र पार्टीले लिएको विचार विरुद्धको आक्रमणको प्रतिरोध गर्नुछ ।’ चितवनमा आजदेखि सुरु भएको १० औ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उमेद्वारी घोषणा गरेका रामकुमार बस्नेत भन्छन ‘पार्टीलाई युवा पुस्तामा पु¥याउनको लागि पनि मेरो उमेद्वारी हो ।’

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० राष्ट्रिय महाधिवेशन चितवनमा आज (मंसिर १०)देखि तीन दिनसम्म हुँदैछ । 

    महाधिवेशन अघि पार्टीको १ नम्बर प्रदेश कमिटि सदस्य रहेका बस्नेत मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट प्रतिनिधि छनौट भएका हुन् । प्रतिनिधि छनौट भएपछि नेताहरुले बिभिन्न माध्यमबाट उमेद्वारी घोषणा गरिरहेका छन् । 

    यसैक्रममा मोरङ पथरीशनिश्चरे र काठमाडौं कोेटेश्वर दुबैतिर बसोबार भएका रामकुमार बस्नेतले पनि उमेद्वारी घोषणा गरेर भोट माग्न थालेका हुन् । महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेसाथ नेता, कार्यकर्ताहरुसँग आन्तरिक परामर्शपछि बस्नेत केन्द्रीय सदस्य उमेद्वारी घोषणा गरेर औपचारिक रुपमै भोट माग्न थालेका हुन् । 


    २०४७ सालमा पार्टीको संगठित सदस्य लिएका बस्नेत विद्यार्थी जीवनदेखी नै राजनीतिमा क्रियाशील हुदै आएका ब्यक्ति हुन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको मोरङ जिल्ला सदस्य, सचिव, अध्यक्षहुँदै सोही संगठनको कोशी अञ्चल सचिव, अध्यक्ष, पूर्वाञ्चल प्रमुखको जिम्मेवारी पाएर काम गरेका नेता हुन रामकुमार बस्नेत । अखिलकै केन्द्रीय सचिवालय सदस्य, प्रचार विभाग प्रमुख, दुई कार्यकाल केन्द्रीय कोषाध्यक्षदेखि उपाध्यक्षको जिम्मेवारी सफलता पूर्ण नेतृत्व गरे ।  

    अखिलमै रहदा संगठनकै कामको शीलशीलामा हङकंङ, फिलिफिन्स, स्पेन र अमेरीका भ्रमण गरेका रामकुमार बस्नेत तीन कार्यकाल मोरङ जिल्ला सदस्य, सचिवालय, तत्कालीन मोरङ २ नम्बर क्षेत्रको पार्टी इन्र्चाज भएर काम गरेको अनुभव छ । पार्टीको कोशी अन्चल समिति सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, १ नम्बर प्रदेश आर्थिक विभाग प्रमुखको जिम्मेवारी पुरा गर्दै आएका नेता हुन बस्नेत ।

    दुई पार्टी एकीकरण भएर गठन भएको नेकपा हुँदा प्रेस संगठनको १ नम्बर प्रदेश इन्चार्जको जिम्मेवारी पाएका बस्नेत तत्कालीन मुख्यमन्त्री शेरधन राईको राजनीतिक सल्लाहकारको भूमिका समेत निर्बाह गरेका थिए । 


    विचारमा प्रष्ट, हक्की स्वभाब भएका बस्नेत षड्यान्त्र, जालझेल भन्दा सिधा कुरा राख्न रुचाउने नेता हुन् । 
    यस्तै सांगठानिक जिम्मेवारी पुरा गर्दै आएका बस्नेत चितवन राष्ट्रिय महाधिबेशनबाट प्रतिनिधि मित्रहरुले केन्द्रीय सदस्यमा भारी मत दिएर बिजय गराउनेमा आफू पूर्ण विस्वासमा रहेको बताउछन् ।

    प्रतिनिधि छनौट भएदेखि नै बिभिन्न जिल्ला, प्रदेशहरुबाट रामकुमार बस्नेत केन्द्रीय सदस्य बन्नुपर्छ भन्ने सुझाब आएको र योग्यता पुगेको कारण आफू अघि बढ्न चाहेको बस्नेतको भनाइ छ । औपचारिक अध्ययनको हिसाबले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका बस्नेत गएको निर्वाचनमा नगर प्रमुखको दाबेदारी पेस गरेका थिए ।  

    पार्टी नेतृत्वले नगर प्रमुख छाड्न भनेपछि सहज रुपमा मार्ग प्रशस्त गरेका बस्नेतलाई प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको टिकट दिने भनिएको थियो । पछि टिकट किन नदिइएको हो माथिल्लो नेतृत्वबाट हालसम्म प्रष्ट उत्तर नपाएको बस्नेत बताउछन् । 
    भन्छन ‘त्यो बेला जे भएपनि पार्टीमा गर्दै आएको योगदानको आधारमा अत्याधिक मत दिएर केन्द्रीय सदस्यमा बिजय गराएर पार्टीमा काम गर्ने अवसर प्रदान गर्न महाधिवेशनका प्रतिनिधिहरुसँग अपिल गर्दछु ।’ बस्नेत थप्छन ‘अध्यक्ष ओलीको समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकांक्ष पुरा गर्न पनि म केन्द्रीय समितिमा आउन आवश्यक ठानेको छु ।’

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…