• पर्वत, १० मङ्सिर 

    मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपाालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमको प्रदर्शनी गरेको हो ।

    यही मङ्सिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने गरी आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी कक्षमा स्थानीय उत्पादन, खानाका परिकार, घरबासको आतिथ्यता, स्थानीय संस्कृति झल्किने गरी प्रदर्शनी राखिएको छ । जिल्लाका सबैभन्दा धेरै घरबास सञ्चालन रहेको उक्त गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार प्रदर्शनीस्थलमा राखिएको छ भने उच्च भूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ ।

    तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसनबहादुर क्षेत्रीले बताउनुभयो । प्रदर्शनीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन महत्वपूर्ण रहेको जानकारी दिँदै गाउँपालिकाले त्यो लक्ष्य प्राप्ति गर्नका लागि प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । 

    जिल्ला कारागारमा पुस्तकालय स्थापना 

    जिल्ला कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लब अफ गुप्तेश्वरले पुस्तकालय स्थापना गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागारलगायतको समन्वय तथा जिल्लामा सक्रिय लायन्स क्लबको सहकार्यमा पुस्तकालय स्थापना गरिएको हो । क्लबले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत कैदीबन्दीमा सकारात्मक सोच र अध्ययनप्रति रुचि जगाउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको क्लबका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिनुभयो ।

    पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गभर्नर विशेश्वर आचार्यले क्लबको स्थापनाको मुख्य उद्देश्यलाई मध्यनजर गर्दै कारागारमा पुस्तकालय स्थापना गरिनु गौरवको कुरा भएको बताउनुभयो । क्लबले करिब रु तीन लाखको लागतमा पुस्तकालय स्थापना गरेको हो । झण्डै रु दुई लाख ५० हजार बराबरका ४५० थान पुस्तक र अन्य फर्निचर सामग्री उपलब्ध गराइएको छ । पुस्तकालय स्थापनाका लागि धेरै सहयोगदाताबाट पुस्तक र फर्निचर सामग्री सौजन्य प्राप्त भएको अध्यक्ष पौडेलले बताउनुभयो । कारागारमा अहिले ९० भन्दा बढी कैदीबन्दीले जेल जीवन बिताइरहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…