•  रोल्पा, १७ मङ्सिर 

    जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने कार्यक्रम अन्तर्गत र जिल्लाका ती स्वास्थ्यचौकीको पनि शिलान्याश गरिएको थियो ।

    सरकारले पाँच, १० र १५ शय्याको स्वास्थय सुविधा दिने जनाउँदै ती स्वास्थ्यचौकी भवन शिलान्यास एकैपटक गरेको थियो । यहाँका थवाङ, परिवर्तन, माडी र त्रिवेणी गाउँपालिकामा स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको थियो । शिलान्याश गरिएका ती भवनमध्ये अधिकांश भुइँ खोस्रनेबाहेक थप काम भएका छैनन् ।

    थवाङ गाउँपालिकामा भवन निर्माणका लागि सम्झौता भइसकेको र घडेरी सम्याउने जगको पिलर उठाउने काम भइरहेकोे गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले जानकारी दिनुभयो । “कामको सुस्तता हेर्दा निर्माण कहिले सकिने हो भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

    परिवर्तन गाउँपालिकामा भने करिब सात प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ । घडेरी सम्याउने काम अन्तिम चरणमा भएको जनाउँदै थप काम अघि बढ्ने बताउनुभयो । सम्झौतापश्चात बोलपत्र प्रक्रियामा अघि बढेको उहाँले जानकारी दिनुभयो । 

    माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनका अनुसार जग्गाको विषयमा केही समय विवाद भएकाले निर्माण अवरुद्ध भए पनि विवाद समाधानसँगै घडेरी सम्याउने काम सकिएको बताउनुभयो । निर्माणको जिम्मा लिएको कम्पनीले सडक कालोपत्रका काम गरिरहेको र त्यो काम सकिनेबित्तिकै स्वास्थ्यचौकी भवन निर्माणको कामलाई अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

    त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले आफ्नो गाउँपालिकामा पाँच प्रतिशतमात्र काम भएको जानकारी दिनुभयो । उहाँले निर्माणको जिम्मा लिएको कम्पनी तिहार मनाउन घर गएको र अहिलेसम्म नआएको र  बारम्बार फोन गरेर बोलाउँदासमेत रकम थप भएपछि मात्र काम सुरु गर्ने शर्त राखेको बताउनुभयो ।

    सङ्घीय सरकारको करिब रु १८ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण हुने भनिए पनि करिब रु १३ करोडको मात्रै बोलपत्र भएका स्थानीय तहका प्रमुखहरूको भनाइ छ । मन्त्रालयले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउन सो कार्यक्रम अघि सारे पनि भवन निर्माणकै काम अलपत्र परेको छ । ती स्वास्थ्यचौकी भवन सम्झौता भएको मितिले करिब दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…