• काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा नेताहरु पुग्ने क्रम सुरु भएको छ।

    सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्।

    यस्तै, सत्तारुढ गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि महाधिवेशनस्थल पुगेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनस्थल पुगेका छन्। महाधिवेशनस्थलमा प्रमुख प्रतिपतक्षी दल नेकपा एमालेबाट भने अहिलेसम्म कोही आइपुगेको छैन।

    कांग्रेसको महाधिवेशनस्थलमा भारतीय नेताहरु पनि पुगेका छन्।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…