• वीरगञ्ज, २४ मङ्सिर 

     बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो । 

    सो क्रममा उक्त ट्रक तथा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । करिब रु पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लोड गरिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…