बलेवा, २६ मङ्सिर
जनता समाजवादी पार्टीकोे शनिबार बागलुङमा सम्पन्न प्रथम मगरात राष्ट्रिय भेलाले २७ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति गठन गरेको छ । पाल्पाली नेता पुरमती मगरको अध्यक्षतामा समन्वय समिति गठित सोसमितिका उपाध्यक्षहरूमा हरि घर्ती, श्याममाया मगर, अमर भण्डारी र राजेश पुन, मुख्यसचिवमा कृष्ण सापकोटाले तथा सचिवहरूमा धनीलाल राना र ओमप्रसाद गुरुङ तथा कोषध्यक्षमा नेत्र थापा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
पहिचानसहितको सङ्घीयतको माग गरिरहेको पार्टीले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ११ जिल्लालाई समेटेर समन्वय समिति गठन गरेको हो ।
गण्डकी प्रदेशमा नवलपुरकी नेता सुस्मिता थापाको संयोजकत्वमा २७ सदस्यीय समिति गठन भएको छ । कर्णालीमा ओमबहादुर पुनलाई संयोजकको जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरु चयन हुन बाँकी रहेको जसपाले जनाएको छ । लुम्बिनी प्रदेशको संयोजकमा अर्घाखाँचीका टोपबहादुर बराल चयन हुनुभयो । लुम्बिनीमा पनि २७ सदस्यीय समिति बनेको छ ।
भेलालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानले गरेका धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्रलाई संरक्षण गर्दै सङ्घीयताको पुनःसंरचनाका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।
फोनिज बागलुङका अध्यक्षमा छन्त्याल
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० बागलुङको तेस्रो अधिवेशनबाट प्रकाश छन्त्यालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । सस्थाको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्बर बुढा, कोषाध्यक्षमा तिलक घर्ती र सहसचिवमा छलिता बुढा चयन हुनुभएको छ । शनिबार भएको अधिवेशनमा शर्मिला रोका, लक्ष्मी अर्गेजा, देउमाया राना, सुरेश छन्त्याल सदस्यमा चयन भएको निर्वतमान अध्यक्ष सङ्गम घर्तीमगरले बताउनुभयो ।
अधिवेशनबाटै सङ्घीय महाधिवेशन प्रतिनिधिमा दिल शिरिष, राजेशचन्द्र राजभण्डारी, सङ्गम घर्ती, मनिष थापा र यामबहादुर थापा चयन हुनुभएको छ । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा लीला थापा, विजय राना, चक्रवीर थापा, प्रशान्त घर्तीमगर, सुरेश पुन र रोम थापा चयन भएको बताइएको छ ।
समारोहमा फोनिज गण्डकीका महासचिव रुद्र श्रीष मगरले पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै पत्रकारितामा पनि अब्बल बन्ने मञ्च तयार पार्नका लागि फोनिज उपयोगी भएको बताउनुभयो ।