• मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज मोरङको पाँचौ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बालाई सर्वसहमत अध्यक्ष चयन गरेको छ । 
    आइतबार (मंसिर २७) कानेपोखरीमा भएको पाँचौ जिल्ला अधिवेशनले सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष चुनेको हो । सम्मेलनले उपाध्यक्षमा अशोक गुरुङ, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा बबिता साम्पाङ राई, कोषाध्यक्षमा राजकुमारी तामाङ चयन भएका छन् । सदस्यमा सुरन्जन लिम्बू, बिद्यानन्द चौधरी, शिवहाङ राई, सिर्जना धिमाल, संगीता राई, सम्झना राई, राजेश राजवंशी निर्विरोध निर्वाचित भएका हुन । 
    अधिवेशनले केन्द्रीय पार्सदमा भक्तशेर लिम्बू, फिपराज बेघा र सुजता लिम्बू सर्बसहमत चयन भएका छन् । त्यसैगरी प्रदेश प्रतिनिधिमा संदिप राई, बबिता लिम्बू, अजित धिमाल, सन्तोष राई, ऋषि राई, बाबुराम मुडियारी, सोनिकुमार आङ्देम्बे चयन भएका छन् । फोनिज मोरङमा ४४ जना पत्रकार आबद्ध रहेका छन् । 

    अधिवेशनमा १ नम्बर प्रदेश अध्यक्षसहित तीन जना सम्मानित


    फोजिन मोरङले पाँचौ अधिवेशनको आवसरमा १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईसहित तीन जनालाई सम्मान गरेको छ । 
    पत्रकारिताको माध्यमबाट आदिबासी पत्रकार र समुदायमा उच्च योगदान गरेको भन्दै पत्रकार अर्जुन जम्नेली राई, भक्तशेर लिम्बू र उत्तम राईलाई सम्मानपत्रले सम्मान गरेका हुन् । सम्मानित तीनै जना नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङकोपूर्ब अध्यक्ष हुन् । 
    अधिवेशन खुल्ला सत्रमा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले देश, प्रदेश र स्थानीय बिकास र संमृद्धिको लागि कलम चल्नु पर्ने बताए । पत्रकारहरुले नियतबस कलम नचलाएर तथ्यको आधारमा समाचार लेख्न आग्रह गरे । प्रमुख काफ्लेले पालिकामा लिम्बू, धिमाल, राजवंशी, गुरुङ, माझी, राई, तामाङ भाषा बिकासको लागि प्रयास गरिरहेको बताए । 
    कानेपोखरीमा कालिकोशीबाट २ हजार बिगाहा जग्गा सिंचाइ गर्दै आएको, कानेपोखरी लगायतको पर्यटकीय क्षेत्र विकासको प्रयास भइरहेकोले पत्रकारहरुले प्रचार गरेर सहयोग गर्न आनुरोध गरे । 
    कार्यक्रममा फोनिज संघीय सचिव कमन देवान, १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश सल्लाहकार भक्तशेर लिम्बु, कानेपोखरी वडा अध्यक्षहरु चरण गुरुङ, मोहन अधिकारी, उपाध्यक्ष फिपराज बेघा, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य केदार चौहान, प्रेस युनियन जिल्ला सभापति भोजराज श्रेष्ठ, प्रेस सेन्टर पूर्वी मोरङ शाखा अध्यक्ष सरोज बस्नेत, प्रेस मञ्च नेपाल जिल्ला अध्यक्ष मुकेश भगत, सञ्चार क्लव नेपालको अध्यक्ष नवराज भट्टराई लगायतले शुभकामना दिएका थिए । उद्घाटन पछि कानेपोखरी पोखरी पर्यटकीय क्षेत्रको भिजिट गरेका थिए । भिजिटको क्रममा वडा अध्यक्ष चरन गुरुङले पर्यटक क्षेत्र बारे ब्रिफिङ गरेका थिए । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कांग्रेसमा दुई कार्यकाल महासमिति सदस्य, नेपाल विद्यार्थी संघको जिल्ला सभापति भएर काम गरिसके…

मोरङ । गाउँपालिकाको कार्यालय स्थानतरन हुनुहुदैन भन्ने पक्षले सर्वोच अदालतमा मुद्दा हाल्ने हल्लाले कानेपोखरी…

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)ंका अध्यक्ष पुष्पकमाल दाहाल .(प्रचण्ड)ंले ताप्लेजुङ…

मोरङ । नेकपा (माओवादी केन्द्र)ंले आज जेठ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान&…