विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ काे अध्यक्षमा दावी गरिरहेका तीन आकांक्षी सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बाे र हेमराज भण्डारीले आफ्नाे दाबी छाेडेका छन् ।
तीनै जना केन्द्रीय नेताले प्रदेश छाेड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा हर्कबहादुर नेम्वाङ (मिक्साे) आउने सम्भावना देखिएकाे छ । मिक्साे अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरकाे प्रमुख स्वकिय सचिव पनि हुन् ।
केन्द्रीय समिति सदस्यहरूले छाेड्ने र प्रदेश सदस्यहरूबाटै नेतृत्व चयन गर्ने सहमतिसँगै माओवादीमा नयाँ तरङ्ग सिर्जना भएकाे छ ।