• २०७४ फाल्गुन १५

    काठमाडौँ । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा  र माओवादी केन्द्रको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ ।

    एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमालेका सचिव विष्टले जानकारी दिए ।

    दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

    दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो ।

    गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । कार्यदलको संयोजकमा केन्द्रका नेता रामबहादुर थापा छन् ।

    वैचारिक प्रतिवेदन तयार गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अर्को कार्यदल पनि गठन भएको छ । दुवै कार्यदले यही फागुन २५ गतेभित्र प्रतिवेदन बझुाए पनि आगामी चैतको पहिलो साता एकता गर्ने तयारी छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…