• २०७४ फाल्गुन १६

    काठमाडौं । माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् ।

    बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको प्रचण्डको सचिवालयले जनायो ।

    तर, फोरम पनि सरकारमा सहभागी हुँदा मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ ।

    अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुन सक्ने सम्भावना देखिन्छ । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन ।

    प्रदेश १ र ४ बाट शून्य
    माओवादीबाट सरकारमा पाँचवटा प्रदेशले मात्रै प्रतिनिधित्व गर्ने भएको छ । प्रदेश १ र ४ बाट प्रतिनिधित्व नहुने निश्चित भएको छ । प्रदेश २ बाट भने दुईजना मन्त्री बन्ने भएका छन् । मातृका यादव मन्त्री बनिसकेका छन् भने गिरिराजमणिको नाम निश्चित गरिएको छ ।

    पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वगृहमन्त्री जनार्दन शर्मा सुरुमा गृहमन्त्रीका लागि लबिङमा थिए । तर, रामबहादुर थापालाई पार्टीले गृह दिएपछि पुन र शर्मा ऊर्जाका लागि कसरत गरिरहेका छन् ।

    यसअघि ऊर्जामन्त्री बन्दा राम्रो काम गरेकाले पुनः अवसर दिन शर्माको आग्रह छ । पुनले पनि गृह नपाएपछि प्रभावशाली मन्त्रालय ऊर्जामै नजर लगाएका हुन् ।

    पोखरेललाई पाचौँ अवसर
    गिरिराजमणि पोखरेल पाचौँपटक मन्त्री बन्दै छन् । ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य, ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल ०७२ मा केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए ।

    तीनपटक स्वास्थ्य र एकपटक शिक्षा मन्त्रालय हाँकेका उनी पुनः शिक्षामन्त्री बन्न चाहिरहेका छन् ।

    एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा ०६७ मा दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका वर्षमान पुन ०६८ मा डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बने । त्यसयता पाँच वर्षसम्म उनी सत्ताबाहिर छन् ।

    गृह नपाएपछि अहिले उनी ऊर्जा मन्त्रालय ताकिरहेका छन् ।शक्तिबहादुर बस्नेत पनि दुईपटक मन्त्री बनिसकेका छन् ।

    ०६७ मा खनाल नेतृत्वको सरकारमा स्वास्थ्य र ०७२ मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए ।

    ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण, ०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जा र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेका जनार्दन शर्मा चौथोपटक मन्त्री बन्दै छन् ।गृह नपाएपछि उनको पनि ऊर्जामै दाउ छ ।

    विना मगर सरकारमा पहिलोपटक अवसर पाउँदै छिन् । दोस्रो संविधान सभा निर्वाचनमा पराजित पुन अहिले कञ्चनपुर–१ बाट विजयी भएकी हुन् ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…