• महोत्तरी, १९ पुस 

     महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ ।बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गर्नुभएको हो । मटिहानी नगरपालिका–४ मझौरा मुसहरीटोलका रौदी  सादाले  सामग्री पाएपछि भन्नुभयो,“ यसपालिको जाडोबाट बचिएला । ”  

        साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्नसहितको राहत वितरण गरिएको थियो ।     परिकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिणपश्चिमवर्ति सम्सी गाउँपालिका–५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ  । गणपति प्रमुख सेनानी शिवहरि केसीले उहाँलाई राहत सामग्री वितरण गर्नुभएको हो । विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३६४ मुसहर रहेका  छन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…