• मङ्गलबारे, २१ पुस

     इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो ।

        शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको थियो । दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न शिविरमा माई, देउमाई, इलाम र मेची नगरपालिकाका सर्वसाधारणको उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका अध्यक्ष मित्रप्रसाद गौतमले जानकारी दिनुभयो । 

        शिविरमा डा पिताम्बर ठाकुर, डा आनन्दराज खनाल, डा मेघना तिवारी, डा सिपी यादव, डा योगेन्द्र राउत, डा सन्ध्या भट्टराईलगायत चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको गौतमले बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…