• नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् ।

    मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् ।

    विद्यालय खुल्ने याममा आफू चौँरी गोठमा बस्नुपर्ने र हिउँदमा गोठ तल झर्दा विद्यालय बन्द हुने भएकाले राम्रोसँग पढ्न नपाउँदा पढाइ छोड्नु परेको उनको भनाइ छ ।

    आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा आफूले अँगालेको पुख्र्यौली पेशा नै उचित भएको उनी बताउँछन् ।

    ११ वर्षदेखि चौंरी गोठमा बस्दै आएका कान्छा गुरुङले शुरुमा जम्मा १० वटा चौंरीबाट यो पेशाको थालनी गरेको बताए ।

     

    अहिले ६० वटा चौंरी र १५ वटा भाले  याक  रहेका छन् ।

    उनी चौरीको दूध दुहुने  मोही पार्ने र दूधदहीबाट विभिन्न परिकार  चिज  नौनी  घ्यु र छुर्पी बनाउछन् ।

    अहिले एक केजी नौनीको रु २५ सय पर्छ भने एक पालामा करिव १० केजी नौनी हुन्छ ।

    उनले उत्पादन गरेका यी परिकारहरु मनाङका होटललगायत काठमाडौँ पोखरा र बाहिरी मुलुकमा समेत पुग्ने गरेका छन् ।

    त्यस्तै, एउटा याकको मूल्य अहिले रु एक लाख २० देखि ३० हजार सम्म पर्छ ।

    कान्छा गुरुङले वर्षमा  चार  पाँचवटा याक बेच्ने गरेको र एक वर्षमा १० देखि १२ लाखसम्म आम्दानी गर्ने गरेको बताए । कान्छा भन्छन्, अहिले आफूसँग भएका सबै चौंरी र याकको मुल्य चार-पाँच करोड पुग्छ ।

    शुरु शुरुमा त रमाईलो नै भयो बीचमा आफ्ना साथीहरु विदेश गएको देखेर आफूलाई पनि सबै छाडेर विदेशिने रहर जागेको र घरको समस्याले गर्दा गोठमै थन्किनु पर्दा नरमाइलो लागेको बताए ।

    अहिले विदेशिएका साथीहरुको अवस्था देख्दा आफूले गरेको कामप्रति सन्तुष्टि मिलेको उनी बताउँछन् ।

    उनी भन्छन्, “काम भनेको सानो ठूलो हुँदैन, जे गरे पनि हुन्छ ।

    आफूले जति मिहेनत ग¥यो उत्तिनै फल पाइन्छ ।

    हिमालको काखमा हिउँसँग चिप्लँदै चौंरीको पछि लाग्न कहाँ सजिलो छ र ? तैपनि रमाउँदै रमाउँदै यिनै चौंरीको पछि लागेको छु जसले मलाई सबथोक पु¥याएको छ ।

    हिमालको काखमा चिसो हिउँसँगै आफू जोगिएर हिउँ चितुवासँग चौँरी जोगाएर आफ्नो परिवारसँग रमाउन पाएकोमा उनी गर्व गर्छन् ।

    अहिले उनको घरमा उनकी श्रीमती र एक छोरी मात्र छन् ।

    कान्छा भन्छन्, “आजकलका युवाहरुमा विदेशिने मोह जागेको छ जसले युवालाई आफू र आफ्नोपन के हो भन्ने थाहै छैन ।

    घरजग्गा बन्धक राखेर विदेशिएका युवा साथीहरु ऋण तिर्न नसकेर रोएका छन् त कोही अलपत्र परेका छन् ।

    यस्तो अवस्था देख्दा आफूले अँगालेको पेशामा गर्व लागेको बताउँछन् । गर्नसके आफ्नो ठाउँमा नै सबथोक छ ।

    पैसा कमाउन पराइको गुलाम बन्नु पर्दैन  जे गरे पनि हुन्छ ।

    शुरुमा १० वटा चौँरीबाट शुरु गरेका कान्छा गुरुङ अहिले करोडपति बनीसकेका छन् ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …