• विराटनगर । सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको छ । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

    देवी ज्ञवालीको नेतृत्वको आयोग खारेज गरेर सरकारले नयाँ आयोग गठन गरेपछि पहिलो चरणमा भुमि सम्बन्धि धेरै समस्या भएका जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो । अध्यक्षसहित सरकारले ती जिल्लमा अन्य दुई सदस्य पनि नियुक्त गर्न पाउने आयोग गठन आदेशमा उल्लेख छ । तर, अहिले सदस्य नियुक्त भइसकेका छैनन् ।

    नियुक्त गरिएका जिल्ला अध्यक्षहरूलाई शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सपथ भइसकेको छ । प्रदेश १ अन्तर्गत मोरङको अध्यक्षमा नेकपा माओवादी केन्द्रको प्रदेश समिति सदस्य शुशिला घिमिरे अध्यक्ष नियुक्त भएकी छन् । यस्तै झापामा तिलकसिंह पाण्डे र सुनसरीमा भगिरथ खत्वे अध्यक्ष नियुक्त भएका छन् ।

    ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा दिनेशकुमार लावती, इलाममा भरतबहादुर खत्री, भोजपुरमा दिलकुमार राई, ओखलढुंगामा अशोककुमार कार्की र उदयपुरमा बलबहादुर तामाङ अध्यक्ष नियुक्त भएका छन् ।

    केपी ओली नेतृत्वको सरकारले देवि ज्ञवालीको नेतृत्वमा गठन गरेको आयोग विघटन गरेर सरकारले केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको थियो । अयोगको उपाध्यक्षमा नहेन्द्र खड्का छन् भने सदस्यहरुमा राघोराय यादव, वासुदेव हुमागाईं, टेकबहादुर शाह र दाताराम खनाल छन् । हाम्रोमतबाट साभार 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…