• मोरङ । मोरङको पथरीशनिश्चरेमा मौलिक जरोकिलो नगर समिति गठन गरेको छ । 
    आइतबार पथरीशनिश्चरेको मनोहर होटल एण्ड पार्कको सभा हलमा आयोजित भेला बाट १५ सदस्यीय नगर समिति गठन गरेको हो ।

    समितीको संयोजक उमेश खत्री, उप–संयोजक इन्द्रबहादुर पौडेल चयन भएका छन् । समितिको सदस्यहरुमा निलममणि बस्नेत, डम्बरबहादुर खड्का, तारा चौहान, लक्ष्मी खत्री, निशान माझी, बमबहादुर बोहोरा, बिना श्रेष्ठ, नवराज राई, रुपनारायण पौडेल, सारदा पौडेल, गणेश पौडेल र भरत तामाङ सर्वसम्मत चयन भएको घोषणा भएको हो । 
    कार्यक्रमा पार्टीको प्रदेश नं.१ का अध्यक्ष इन्द्रप्रसाद ओलीले नेपालका मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यताको संरक्षण, संवर्धन प्रवर्धन गर्न बताए । उनले नेपाललाई संकटबाट मुक्त गराउने, मानव बिकास, विज्ञान प्रविधि बिकास गर्दै विकासित देशहरुको समुहमा पुर्याउने पार्टीको उदेश्य रहेको बताए । 
    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नम्रता उप्रेती, अन्तर्राष्ट्रिय विभाग संयोजक उध्व थापाको उपस्तिथि रहेको थियो । 
     

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…