• मोरङ । मोरङको पथरीशनिश्चरेकी आफ्नै पति पिटाइबाट एक महिलाको ज्यान गएको छ ।
    यसरी ज्यान गुमाउनेमा पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोक २१ बर्षिय पुजा बिक रहेकी छन् । बिकलाई ३३ वर्षीय पति जय शर्माले पिटेर हत्या गरेका हुन् । प्राय पत्निलाई कुटपिट गरिरहने शर्माले मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले पुस ३० गते पुजालाई कुटपिट गरेको थियो । 
    पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो पुजाको अस्पतालमा उपचार संभव नभएपछि फर्काएर ल्याउदै गर्दा  शनिबार अपरान्ह मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीको डीएसपी कृष्ण खड्काले बताए । पत्नीको हत्या गर्ने जयलाई प्रहरीले पक्राउ गरिसकेको छ । जयलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जय सधै नै मादक पदार्थ र लागू औषध प्रयोग गर्दै पत्नि पुजालाई कुटपिट गर्दै आएको छिमेकीहरुको भनाइ रहेको छ । केही महिना अघि गर्भेनी भएको बेला कुटपिट हुँदा पेटको वच्चासमेत तुहेको एक छिमेकीले जानकारी दिए । दाजुको घरमा जय र पुजा मात्र बस्दै आएका थिए । जयले पुजालाई प्रायगरी कुटपिट गरिरहेने उनीहरुको भनाइ छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…