• मोरङ । मोरङको पथरीशनिश्चरेकी आफ्नै पति पिटाइबाट एक महिलाको ज्यान गएको छ ।
    यसरी ज्यान गुमाउनेमा पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोक २१ बर्षिय पुजा बिक रहेकी छन् । बिकलाई ३३ वर्षीय पति जय शर्माले पिटेर हत्या गरेका हुन् । प्राय पत्निलाई कुटपिट गरिरहने शर्माले मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले पुस ३० गते पुजालाई कुटपिट गरेको थियो । 
    पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो पुजाको अस्पतालमा उपचार संभव नभएपछि फर्काएर ल्याउदै गर्दा  शनिबार अपरान्ह मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीको डीएसपी कृष्ण खड्काले बताए । पत्नीको हत्या गर्ने जयलाई प्रहरीले पक्राउ गरिसकेको छ । जयलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जय सधै नै मादक पदार्थ र लागू औषध प्रयोग गर्दै पत्नि पुजालाई कुटपिट गर्दै आएको छिमेकीहरुको भनाइ रहेको छ । केही महिना अघि गर्भेनी भएको बेला कुटपिट हुँदा पेटको वच्चासमेत तुहेको एक छिमेकीले जानकारी दिए । दाजुको घरमा जय र पुजा मात्र बस्दै आएका थिए । जयले पुजालाई प्रायगरी कुटपिट गरिरहेने उनीहरुको भनाइ छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…