• काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेका छन्।
    सभापति देउवाले बुधबार पार्टी संसदीय दलको नेतामा आफू उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन्।

    पार्टीका महामन्त्री डा. शशांक कोइरालाले होलीको अवसर पारेर काठमाडौंको टोखास्थित आफ्नै निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संचारकर्मीमाझ आफूले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताएका हुन्। उनले सभापति भएकाले दलको नेतामा आफ्नो उम्मेदवारी स्वभाविकै हुने तर्क गरे।

    यता दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई हराउने दावी गरे। उनले देउवा पार्टी र सरकार दुवैको नेतृत्व गर्न पूर्णत असफल भएकाले पनि पार्टीले आफूलाई संसदीय दलको नेतामा विजयी गराउने तर्क समेत गरे। पूर्व महामन्त्री सिंहले देउवालाई पुनः संसदीय दलको नेता बनाए पार्टीलाई हित नहुने बताइरहेका छन्।

    सिंहलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि समर्थन छ। वरिष्ठ नेता पौडेलले आफूले सभापति देउवालाई दलको नेतामा उम्मेदवारी नदिन पटक पटक आग्रह गर्दै आएको बताए। उनले देउवालाई संसदीय दलको नेता बनाउँदा राम्रो सन्देश नजाने भएकाले सर्वसम्मत ढंगले चयन होस भन्ने पक्षमा आफूहरु रहेको  स्पष्ट पारे।

    महामन्त्री कोइरालाले पार्टी संकटमा परेका बेला संसदीय दलको नेताका लागि चुनावी प्रतिष्पर्धा गर्न नहुने धारणा राखे। उनले सर्वसम्मतिमै दलको नेता चयन गर्न आफूले अन्तिम समयसम्म पनि पहल गर्ने बताए। आगामी सोमबार काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ। महामन्त्री कोइरालाले सर्वसम्मति भए आफू दलको नेता बन्ने चाहना व्यक्त गर्दै आएका छन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…