• महोत्तरी, ५ माघ

    नेपाली कांग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुन: विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।

    तर  केहीवेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना  निकालेपछि अधिवेशन पुन: अन्याेलमा बनेकाे छ । मतदानको मिति र स्थान पटक-पटक निर्धारण भए पनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । 

    `अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा कुनै गम्भीर रहस्य लुकेको छ,´ नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

    जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए । उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…