• जनकपुरधाम, ९ माघ 

    नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।

    स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाई गरेको र मन्त्रीले मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले बर्खास्ती नगरेको भन्दै युवा संघले आइतबार प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतना दहन गरेको हो । 

    संघका नेताहरुले स्थानीय रेल्वे स्टेशनबाट र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेर कोण सभामा गरेका थिए । जहाँ उनीहरुले दुवै नेताको पुलता दहन गरेका थिए ।  र्‍यालीमा सहभागी युवाहरूले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न र मन्त्री यादवमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । 

    युवा संघका मधेस प्रदेश अध्यक्ष ईद मोहम्मद साफी जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए । उनले पदीय मर्यादा बिर्सिँदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरि लोकतन्त्रको धज्जी उडाएको उनले आरोप लगाए । मन्त्री यादवलाई बर्खास्त नगरे आफूहरु कडा आन्दोलनमा उनले चेतावनी दिए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…