• उर्लाबारी,फागुन १६ गते ।
    प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सरकारले खाद्यन्नको परनिर्भरता अन्त्य गर्न कृषिमा यान्त्रीकरण, अनुदान र कृषकलाई पेन्सनको ब्यवस्था गर्ने बताएका छन् । बुधबार मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कृषि पेशालाई सम्मानित र मर्यादित बनाइनेमा जोड दिएका छन् ।

    कृषिमा राज्यको लगानी नहुँदा युवा पुस्ताको आकर्षण कृषिमा घटेको छ, उनले भने , छिट्टै कानून निर्माण गरेर विकास निर्माणका काम सुरु गर्नेछौ । उनले सरकारले जनजीविका र सुशासनलाई प्राथमिकता दिने बताए । उनले भने –‘पहिलो चरणमा एक सय दिनको कार्यक्रम सार्वजनिक गर्ने छौं । मन्त्री आङ्वोले प्रदेशका मुख्य मन्त्रीलाई स्थानीय तहको अनुगमनको जिम्मा दिएको बताउँदै जनता प्रति उत्तरदायि नहुने,बित्तीय अपारदर्शी हुने निकायको बजेट कटौति सम्मको अधिकार प्रदेशलाई भएको उल्लेख गरे ।
    एक फरक प्रसंगमा उहाँले केन्द्रमा संघीय समाजवादी फोरम सहितको दुई तिहाइ बहुमतको सरकार बन्ने बताए । पार्टी एकता चैत दोस्रो साता सम्ममा हुने उनको भनाई थियो । कार्यक्रम सञ्चार क्लवका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको हो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …