• सिमकोट, ११ माघ 

    हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।  हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।

    आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुइरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थियनन् । 

    सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपिछ यहाँ यस्ता सामग्री ढुवानी समेत राेकिएकाे थियाे । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …