• काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्ने काममा ढिलाई हुँदा निर्वाचन व्यवस्थापन कार्य व्यावहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने भन्दै यथाशीघ्र मिति घोषणा गर्न आग्रह गरेको हो ।

    विज्ञप्तिमा गत कार्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनबारेका संवैधानिक र कानुनी व्यवस्थाबारे जानकारी गराएको उल्लेख गरिएको छ ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै पदाधिकारीको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकाले त्यस अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने जनाएको छ ।

    २०७४ वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचन, असार १४ गते भएको दोस्रो चरणको निर्वाचन र असोज २ गते भएको तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानि ऐन अनुसार २०७९ जेठ छ गते स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको अवधि समाप्त हुने आयोगले जनाएको छ ।

    आयोगले २०७९ वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयारी अवस्थामा रहेको पनि आयोगले उल्लेख गरेको छ ।

    विज्ञप्तिः

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…