• काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्ने काममा ढिलाई हुँदा निर्वाचन व्यवस्थापन कार्य व्यावहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने भन्दै यथाशीघ्र मिति घोषणा गर्न आग्रह गरेको हो ।

    विज्ञप्तिमा गत कार्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनबारेका संवैधानिक र कानुनी व्यवस्थाबारे जानकारी गराएको उल्लेख गरिएको छ ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै पदाधिकारीको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकाले त्यस अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने जनाएको छ ।

    २०७४ वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचन, असार १४ गते भएको दोस्रो चरणको निर्वाचन र असोज २ गते भएको तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानि ऐन अनुसार २०७९ जेठ छ गते स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको अवधि समाप्त हुने आयोगले जनाएको छ ।

    आयोगले २०७९ वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयारी अवस्थामा रहेको पनि आयोगले उल्लेख गरेको छ ।

    विज्ञप्तिः

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…