पश्चिम नवलपरासीकाे विभिन्न स्थानमा नवलपरासी युवा समाजले तपाईकाे माक्स खै ?भन्दै माक्स बितरण कार्यक्रम सम्पन्न गरेकाे छ । पश्चिम नवलपरासी जिल्लाकाे भुजहवा ,महेशपुर ,बेलासपुर र परासीकाे बुद्धचाेकमा स्थानीय,सडकमा विना माक्स हिड्ने आमनागरिकहरुलाई जनचेतना जगाउदै माक्स बितरण गरिएकाे युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले जानकारी दिनुभयो ।
नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीकाे अगुवाईमा भुजहवाबाट सुरु भएकाे कार्यक्रम परासीमा गएर सम्पन्न भएकाे थियाे । नेपाल सहित विश्वकाे विभिन्न देशमा अहिले ओमिक्रेान भाईरसले बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे बेला सडकमा हिड्ने आमनागरिहरुलाई चेतना जगाउन तथा समाजलाई चेतनशिल बनाउने उदेश्यका साथ माक्स बितरण गरिएकाे नवलपरासी युवा समाजका अध्यक्ष गिरीले बताउनुभयाे ।
खास गरि याे समयमा सबै आमनागरिकहरुले माक्स लगाउनु पर्ने समय रहेकाे यश कार्यक्रम ले सहयाेग हुने बताईएकाे छ ।युवा समाजका पदाधिकारीहरुले सडकमा हिडिरहेका आमनागरिकहरुलाई तपाईकाे माक्स खै भन्दै ? माक्सदिदै माक्स लगाउनु पर्छ ,साबुनपानीले हातधुने ,सामाजिक दुरी कायम गरिनुपर्ने लगायत कुरा बताउदै जनचेतना जगाएका थिए । समाजले विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आईरहेकाे छ ।