• २०७४ फाल्गुन १६

    काठमाडौं । सत्तारुढ एमाले-माओवादी केन्द्र र संघीय समाजवादी फोरमसँग सहमति गर्ने प्रयास बुधबार पनि निष्कर्षमा पुग्न सकेन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा बसेको थियो ।

    नेताहरुका अनुसार छलफल सकारात्मक छ तर, समय नपुगेकाले बैठक भोलिलाई सारिएको छ ।

    छलफल सकारात्मक ढंगबाट अघि बढेको छ ।

    हामीलाई विश्वास छ भोलिको बैठकबाट टुंगिन्छ’ बैठकपछि एमाले सचिव प्रदिप ज्ञवालीले भने ।

    भोलि ९ बजे अर्को बैठक राखिएको छ ।

    आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने गरी सहमति गरिने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।

    तर, मन्त्रालयबारे छलफल हुन बाँकी नै रहेकाले बैठक भोलिलाई सारिएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…