• मोरङ । मोरङको पथरीशनिश्चरेमा हुने ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को दोस्रो संस्करणको तयारी थालिएको छ । 

    पथरीशनिश्चरे फुटबल प्रिमियर लिग समितिले गत बर्ष सुरु गरेको फुटबल प्रतियोगिता दोस्रो संस्करणको लागि शनिबार फुटबल खेलाडी छनौट भएको छ । 

    यो सिजनको लागि ८ वटा क्लवले १८ जनाको दरले १४४ जना खेलाडि अनुबन्ध गरेका छन् । डाक घटाघटमा खेलाडी छनौट भएको आयोजक समितिको सदस्य बिक्की राईले जानकारी दिए । 
    यो बर्ष टेन नबोदय, दि रियल ब्रोदर, सिरिजंङ्गा, शिखर,
    न्यु स्टार, देविगञ्ज, वाइजीएफटी र वाईएफसी फुटबल क्लव लिगमा भिड्ने भएका छन् । अघिल्लो सिजनमा खेलेको हाइवे युथ क्लवको साट्टा भुटानी युथ क्लव (वाईएफसी) नयाँ सिजनको लागि खेल्ने भएको छ । 

    नगरपालिकामा फुटबल खेलाडीको बिकास गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइन्छ । पहिलो चरणमा लिगमा बढी अंक ल्याउने चार वटा क्लवलाई नकआउट गराइन्छ । गत सिजनमा टेन नबोदय र दि रियल ब्रोदरवीच भएको फाइनल खेलमा टेन नबोदयले उपाधि जितेको थियो ।
     
    शनिबार भएको खेलाडि छनौट कार्यक्रममा क्लवहरुले १८ जनाको दरले १४४ जना खेलाडि अनुबन्ध गरेका छन । खेलाडीको मुल्य ५ देखि १२ हजारसम्म राखिएको थियो । नगरपालिका १० वडाका खेल्न चाहने २५० खेलाडी लिष्टमा राखिएका थिए । 

     

    खेलाडी छनौट कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले अघिल्लो बर्षको लिगको चर्चा अन्य क्षेत्रमा भएको प्रसंग उल्लेख गर्दै नगरपालिाकाले आवश्यक सहयोग गर्ने बताए । यो सरकारको पालामा सुरु गरेको कामहरु आउने सरकारले पनि निरन्तरता दिनुपर्ने प्रमुख राईले बताए । 
    कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय उपमहासचिव बसन्त अर्यालले पथरीशनिश्चरेले सोनु लिम्बु, दीपक राई, साइमन लिम्बू जस्ता खेलाडि उत्पादन गरेको भन्दै लिगको प्रसंशा गरे । फुटबल खेलले नगरको समेत प्रचार प्रशारमा सहयोग मिल्ने अर्यालको भनाइ थिया ।

    कार्यक्रममा मोरङ एन्फाका अध्यक्ष दिपेन्द्र धिमाल, सुनसरी पूर्ब अध्यक्ष दिलिप राई लगायतले शुभकामना दिएका थिए । आयोजक लिग कमिटिको अध्यक्ष संजिव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ, पञ्चायत माविको अध्यक्ष अर्जुन बुढाथोकी, स्थानीय समाजसेवी प्रदिपकुमार राई, पथरी जेसीजकी अध्यक्ष अणु राई लगायतको उपस्थिति रहेको थियो । खेलाडी छनौटपछि कोभिडको स्थिति रहेर चाँडै पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको मिति तोकिने अध्यक्ष संजिव गिरीले बताए । 

    कार्यक्रममा टेन नबोदयको संजय नाछिरिङ राई, दि रियल ब्रोदर टाइवन राई, सिरिजंङ्गा सरोज लिम्बू, शिखर एफसीको दिवस खड्का, न्यु स्टारका विरोज मगर र पुकार राई, देविगञ्जको मदन राई, वाइजीएफटी नवीन ढकाल र वाईएफसी फुटबल क्लवको तर्फबाट नरेश राईको नेतृत्वमा खेलाडि छान्न कार्यक्रममा उपस्थित रहेका थिए । 

    आयोजक संस्थाले ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग—२०७७’ गराएर फुटबल इतिहासमा नयाँ आयाम थपेका थिए । खेलाडि अक्सनपछि लिग कम नकआउटको आधारमा अयोजना हुने प्रतियोगिता नेपालको स्थानीय तहमै सुरुवात गर्ने नगर पथरीशनिश्चरे भएको आयोजक समितिको सचिव मनि लिम्बूको दाबी छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…