• चितवन, २६ माघ

    नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । 

    काेराेना मत्थर भएसँगै एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएकाे छ । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन् ।

    कोरोनाको संक्रमण भएका जिल्ला नेता कार्यकर्ता संक्रमणमुक्त र जिल्ला इन्चार्ज देवी ज्ञवालीको पिताको मृत्युपछिको क्रियाक्रम सकिएपछि बुधबार जिल्ला नेतृत्व चयन गरिएको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘अध्यक्षमा रामप्रसाद पक्का भएका छन् । घोषणा चाँहि एक बजे मात्रै गर्ने कार्यक्रम छ’, उनले भने ।

    जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…