मोरङ । मोरङको पथरीशनिश्चरेमा हुने ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को दोस्रो संस्करण फागुन १९ देखि हुने भएको छ ।
पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले आइतबार (माघ २७) गते पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो ।
गत बर्षदेखि सुरु भएको लिग खेलकुद क्षेत्रमा नगरपालिककै गौरवको कार्यक्रम हो । आयोजक समितिले पथरीको सुम्निमा हलमा पत्रकार सम्मेलनको आयोजना मार्फत लिग फागुन १९ मा सुरु भएर चैत्र ५ समापन हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमै गोला मार्फत ग्रुप बिभाजन भएको थियो । यो सीजनमा ग्रुप ‘ए’मा वाइजीएफटी, शिखर, टेन नवोदय, वाइएफसी र ‘बी’ मा देबिगञ्ज, सिरिजंङ्गा, न्युस्टार र द रियल ब्रदर खेल्ने भएको छ ।
लिग चरणमा पहिलो सिजनको उपाधि उठाउने टेन नवोदय ग्रुप ‘बी’ र दोस्रो हुने द रियल ब्रदर ग्रुप ‘ए’बाट खेल्ने भएको छ । लिगको उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको प्रतियोगिता पाइनलसहित १५ खेल हुनेछ ।
गत शनिबार (२३ फागुन)मा सहभागि फुटबल क्लवहरुले १८ जनाको दरले १४४ जना खेलाडि अनुबन्ध गरेका छन् । डाक बढाबढमा खेलाडी छनौट भएको आयोजक समितिको सहसंयोजक बिक्की राईले जानकारी दिए । खेलाडीको मुल्य ५ देखि १२ हजारसम्म राखिएको थियो । नगरपालिका १० वडाका खेल्न चाहने २५० खेलाडी लिष्टमा राखिएका थिए ।
अघिल्लो सिजनमा खेलेको हाइवे युथ क्लवको साट्टा भुटानी युथ क्लव (वाईएफसी) नयाँ सिजनको लागि खेल्ने भएको हो । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइन्छ । पहिलो चरणमा लिगमा बढी अंक ल्याउने चार वटा क्लवलाई नकआउट गराइन्छ ।
पत्रकार सम्मेलनमा सहभागि क्लवको सञ्चालकहरु टेन नबोदयको संजय नाछिरिङ राई, दि रियल ब्रोदरको सागर भट्टराई, सिरिजंङ्गाको मौसम लिम्बू, शिखर एफसीको मिलन श्रेष्ठ, न्यु स्टारका विरोज मगर, देविगञ्जको विरेन साम्बा, वाइजीएफटी नवीन ढकाल र वाईएफसी फुटबल क्लवको तर्फबाट करण उपस्थित रहेका थिए ।
आयोजक संस्थाले ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग—२०७७’ गराएर फुटबल इतिहासमा नयाँ आयाम थपेका थिए । लिगमा सहभागि क्लवहरुले खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराउने र लिगमा खेल प्रदर्शन गर्ने अवसर पाउने भएकाले खेलाडीको उत्पादन हुने आयोजकको मुख्य लक्ष रहेको आयोजक समितिके कोषाध्यक्ष नामिहाङ राईले बताए ।
लिगको दोस्रो सिजनमा सहभागि क्लवका सञ्चालकहरु