• धनगढी, २८ माघ

    सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै जनताका गुनासालाई पनि सम्बोधन गरिने बताएका छन् ।

    शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएका अधिकारभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए । तर, आफूले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै उनले जन अपेक्षालाई बेवास्ता गर्न नसकिने बताए । 

    प्रदेश प्रमुख जोशीले भने, ‘सक्रिय राजनीतिमा रहेका बारण जनताले मप्रति अपेक्षा गर्नू स्वाभाविक हो । ती आकांक्षालाई बेवास्ता गरिने छैन । अधिकारको सीमामा रहेर उनीहरूका भावना समेट्ने प्रयत्न गर्ने छु ।’ आफू प्रदेशकै नागरिक भएको बताउँदै उनले आफ्नो क्षेत्रको विकासबारेमा सोच्नु कर्तव्य हुने बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…