• खोटाङ, २८ माघ 

    खोटाङमा शुक्रबार १० जनाले कोरोना संक्रमण जितेका छन् । शुक्रबार २ जना संक्रमित थप हुँदा १० जना संक्रमित निको भएका हुन् । शुक्रबार १७ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनालाई मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । हाल जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ११४ मा झरेको छ । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । 

    जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी हालसम्म ३ हजार ४२४ जनालाई संक्रमण भएकामा निको हुनेको कुल संख्या ३ हजार २९६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…