• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज (आइतबार) विरोध प्रदर्शन गरेको छ । 
    पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी–खरेज गर, देश बेच्न–पाइन्दैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हौ, लगायतका नारा लगाउदै पथरी बजार परिक्रममा गरेका थिए । पूर्वपश्चिम मुख्य सडक स्थित जाँते मोडबाट सुरु भएको ¥याली लोकतान्त्रिक चोक, रत्न चोक, यलम्बर, सुनाखरी चोक, बजारलाइनहुँदै पुन मुख्य सडकको सोही स्थानमा आएर कोण सभामा परिणत भएका थिए । 


    कार्यक्रममा नेकपा (एस)को १ नम्बर प्रदेश समिति सदस्य तथा मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले एमसीसी राष्ट्रघाती भएको बताए । राईले एमसीसीको कारण देश दुई ध्रुर्बमा विभाजित भएको उल्लेख गर्दै देश बचाउन सचेत नेपाली नागरिकहरुले सो परियोजना खारेज गर्न आन्दोलनमा लाग्नुपर्ने बताए । 
    त्यसैगरी प्रदेश सदस्य टंक भण्डारीले एमसीसी मार्फत अमेरिका नेपालीको छातीमा बुट बजार्न खोजेको भन्दै नेकपा (एस) प्रतिरोधमा उत्रिने बताए । भण्डारीले एनसेलबाट ७२ अर्ब कर लिन चासो नगर्ने नेताहरु अमेरिकालाई ५५ अर्बमा नेपाली सार्वभौम बेच्न खोजेको आरोप लगाउदै आफूहरुले पुरा हुन नदिने बताए । उनले एमसीसी लगायतको राष्ट्रघाति योजनाको विरुद्धको आन्दोलनको नेतृत्व नेकपा (एस)ले गर्ने र राष्ट्रघात विरुद्ध तीन करोड नेपाली उत्रिनुपर्ने दिन आउने भण्डारीको भनाइ थियो । कार्यक्रममा युवा संघ नेपालको केन्द्रीय सदस्य बिकास राई, जोन सुब्बा लगायतले बोलेका थिए ।
    विरोध प्रदर्शन कार्यक्रममा पथरी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्षसमेत रहेका पार्टी प्रदेश सदस्य दीपक बस्नेत, नगर अध्यक्ष तुलशी ढकाल लगायत करिव तीन सय नेता कार्यकर्ता विरोध कार्यक्रममा सहभागि रहेका थिए । 

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…

मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनल…