• मोरङ । मोरङको पथरी शनिश्चरे नगर अस्पतालमा अवदेखि आकस्मिक(इमेर्जेन्सी) सेवा चौविसै घण्टा उपचार सञ्चालन हुने भएको छ ।

    आइतबार आकस्मिक सेवा उद्घाट भएको हो । नगर प्रमुख एवम् नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सविधानसभा सदस्य चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला लगायतले मन्तब्य दिएका थिए । 

    संघीय गणतन्त्त स्थापनापछि हरेक स्थानीय तहमा अस्पताल स्थापना हुने क्रममा पथरीशनिश्चरेमा १५ बेडको नगर अस्पताल सुरु भएको थियो । 

    संघीय सरकारको बजेटमा १ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवन निर्माण भएर असपताल सञ्चालन भइरहेको थियो । सोही स्थानमा शरणार्थी सम्बन्धी राष्ट्संघीय उच्चायोगको सहयोगमा ८० लाखमा एउटा भवन निर्माण भएको छ । त्यहाँ हाल संघीय सरकारले १८ करोड रुपैयाँमा अस्पताल भवनका लागि छुट्याएपछि सो रकमबाट भवन निर्माणको भइरहेको छ । 

         भवन बनिसक्दा ५० शैयाको अस्पताल हुने पथरी शनिश्चरे नगर प्रमुख एवम् नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले बताए । अस्पताल निर्माणको लागि बिभिन्न ब्यक्तिहरुले १ विगाहा बढी जग्गा दान भएको थियो । 

    पथरीशनिश्चरे नगरपालिकाको २ नम्बर वडामा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी, ९ मा शनिश्चरे स्वास्थ्य चौकी र बाँकी ७ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक रहेका छन् । 

    प्रत्येक वडामा ३ जनाका दरले ३० जना स्वास्थ्य स्वयमसेविका कार्यरत रहनु भएको छ । नगरको ३ वटा एम्बुलेन्स र एउटा शव वाहन सेवा सञ्चालनमा छ । नगरमा ७० वर्षमाथिका ज्येष्ठ नागररिकलाई प्रदेशभित्र उपचार गर्न जानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको छ । नगर अस्पतालमा फरिन्दा गुरुङ, कमलकान्त चौधरी र भेषराज पोखरेल गरी ३ जना एमबीबीएस डाक्टर कार्यरत छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…