• हेटौँडा, १ फागुन 

     नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरूको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । 

    हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरूको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । 

    सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरू आन्दोलित भइराख्ने चेतावनी दिए । 

    विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

    AvatarAvatar

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…