• जाजरकोट , ७ फागुन 

    बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन् । 

    १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरासमेत अवगत गराउन मन्त्री सिंहले भनेका छन् । 

    अहिलेसम्म मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ । १५ लाखभन्दा तलका योजनाहरू कार्यान्वयन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दलबीच भएको सहमतिअनुसार काम गर्न समेत मन्त्री सिंहले निर्देशन दिएका हुन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…