• काठमाडौं, ७ फागुन

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिस्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा आयोजना गरिएको 'विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था' विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् । 

    कार्यक्रमको प्रमुख अतिथि रहेका नेता महरले केपी ओली नेतृत्वको तीन वर्षे सरकारतर्फ इङ्गित गर्दै समाजको आवश्यकतालाई वास्ता नगरी प्रजातन्त्रको आवरणमा स्थापित भएर खाली बहुमत र अल्पमतको कुरा गर्ने र कर्म भने प्रजातन्त्रका मुख्य मूल्यमान्यताविरुद्ध गर्नेलाई समयमै चिन्नुपर्ने महरको भनाई छ । 

    'केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार प्रजातन्त्रको आवरणमा चुनावमा सहभागी भएर दुई तिहाइ बहुमतबाटै आएको हो । तर, सो सरकारका क्रियाकलाप प्रजातन्त्रका आधारभूत मूल्यमान्यताविरुद्ध थिए,' नेता महरले भने । जनताका आधारभूत आवश्यकतालाई मध्यनजर नगरी समाजवादको नारा लगाउनेबाट प्रजातन्त्रलाई जोगाउनुपर्ने बेला आएको महरले बताए ।

    जति विकासका कुरा गरे पनि घरघरमा सडक पुर्‍याइए पनि नेपालमा प्रजातन्त्रका पक्षमा जनताको उपस्थिति न्यून रहेको नेता महरको भनाई थियो । पछिल्लो समय नेपालमा चर्चाको केन्द्रमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका विरोध्रीहरूप्रति कटाक्ष गर्दै नेता महरले त्रिवि विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला नेपालमा तत्कालीन समयमा भएका २०/२५ जना कम्युनिस्टहरूले विदेशीहरू आउनेभन्दै सुतेको प्रसंग सुनाए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…