• बाजुरा, ८ फागुन 

    बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ । देशका केही स्थानमा फाइभ जी इन्टरनेट सुरू भइसके पनि बाजुरामा भने भर्खरै थ्रीजी इन्टरनेट सेवा विस्तार भएको हो ।

    हिमाली गाउँपालिका धुलाचौर बाजुरा थ्रीजी इन्टरनेट सेवा आजबाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिकसहित मुगुको केही स्थानीय तहका नागरिकलाई इन्टरनेट पहुँचमा रहने गरी थ्रीजी नेट सेवा सञ्चालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । 

    हिमाली भरीका स्थानीयले सेवा लिने गरि इन्टरनेट टावरको जडान गरेको उनको भनाइ छ ।  अध्यक्षले भने, ‘आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, यातायात, खानेपानी, बिजुली बत्तीको व्यवस्था पूर्ण रुपमा गरेका छाैं ।’ 

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …