• काठमाडौं, १० फागुन 

    काठमाडौँको सामाखुसीबाट चोरीको मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

    महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुसीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को सञ्जय विश्वकर्मालाई वास्तविक नम्वर परिवर्तन गरी प्रदेश ३-०२-१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

    वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाइकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए ।

    सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्ने रमेश राईलाई नियन्त्रणमा लिइएको हो । कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाइकल चोरी भएको भनी गत असोजमा निवेदन दिएको महाशाखाले जनाएको छ ।

    मोटरसाइकलसहित पक्राउ परेका दुबैजनालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…