• काठमाडौं, १० फागुन

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । 

    मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए । 

    नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए । 

    'भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत  (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो' रिजालले भने । 

    एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको भनाइ छ । 'हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ' उनले भने । 

    भेटवार्ताा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षविष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी सहभागी थिए । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…