• उदयपुर, १२ फागुन

    त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन  ।

     त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।  पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।  

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रुपमा परेको छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…