• दार्चुला, १२ फागुन 

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका  कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् । 

    एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोध गरेको उनकाे भनाइ छ ।

    बडूकाे घरमा टाँगिएकाे ब्यानरमा दलाल मन्त्री मुर्दावाद, एमसीसी खारेज गर लगायतका नारा लेखिएको छ ।

    विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालाे झण्डा राखेकाे विषयमा प्रहरी बेखबर रहेको छ । त्यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

    विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् । 

     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…