• मोरङ । प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसोधन नगरी पास गर्न नहुने बताएकी छन् । 
    मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश सांसद राईले सो कुरा बताएकी हुन् । 
    एमसीसी सम्झौताको बुँदाहरु राष्ट्रघाति भएको भन्दै जस्ताको तस्तै पास गर्न नदिन जनताको लेबलबाट विरोध गर्नुपर्ने सांसद कुष्णकुमारी राईले धारणा राखेका ह्न । राई नेकपा (एकीकृत समाजवादी) सम्बद्ध सांसद हुन् । तालिम सफलताको शुभकामना दिदै पत्रकारहरुले जहिले सत्य, तथ्य समाचार लेख्नुपर्ने बताए । 
    पथरीशनिश्चरे नगरपालिकाको कार्यपालिका सदस्य भद्रमान बिक, फोनिज १ नम्बर प्रदेश इन्चार्ज दिपिन राई (प्रशिक्षक), नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य केदार चौहान, हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगर, फोनिज १ नम्बर प्रदेश समिति निर्वमान उपाध्यक्ष फिपराज बेघा लिम्बू (प्रशिक्षक), सिम्रिक एफ.एम. सञ्चालक समिति अध्यक्ष धनराज राई, प्रशिक्षक केशव निरौला लगायतले तालिमको शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरको सूचना संयोजक भुपेन्द्र तिम्सिना, युवा समाज सेबी गणेश थक्लुङ लगायतको उपस्थिति रहेको थियो । 
    आदर्श सर्भिस सेन्टर प्रा.ली.द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्ध सम्पादक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको कार्यक्रम प्रबन्धक मौसम लिम्बूले सञ्चालन गरेका थिए । समानुपातिक सांसद कृष्णकुमारी राईको पूर्वाधार विकास कोषको सहयोगमा सुरु भएको तालिम तीन दिनसम्म चल्ने आयोजक मौसम लिम्बूले बताए । तालिममा पूर्बी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका र झापा लगायत गरी ३० जना सहभागि भएको बताइएका छन् । तालिमको सहजिकरण दिपिन राई, अर्जुन जम्नेली राई, केशव निरौला र फिपराज बेघाले गर्ने प्रबन्धक मौसम लिम्बूले बताए । 


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…