• पोखरा, १५ फागुन

    नेकपा एमालेका तत्कालीन नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले विकासका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरुप दिने गरी पुरस्कार स्थापना गर्न लागेको हो ।

    शनिबार  आयाेजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले २५ लाखको अक्षयकोष राखेर पुरस्कार स्थापना गर्न लागेकाे बताइन । 

    शनिबारनै रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया समेत भएको थियाे । १५ फागुन २०७५ मा अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेकाे थियो ।

    पुरस्कार हरेक वर्ष २२ वैशाखमा अधिकारीको जन्मदिनमा वितरण गरिने भट्टराईले बताइन् । 

    शनिबारको कार्यक्रममा प्रतिनिधिसभा सांसद समेत रहेकी भट्टराईले अधिकारीमाथि लागेको भ्रष्टाचार आरोप प्रमाणीत गर्न चुनौती दिएकी छिन् । नेपाल वायु सेवा निगमले एयरबसको दुई वटा ‘वाइडबडी’ जहाज खरिद गरेका बेला चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिको रिपोर्ट छ । त्यसमा अधिकारी मन्त्री हुँदा दुई पटकसम्म रकम भुक्तानी दिएकोले उनलाई पनि भ्रष्टाचारसँग जोडेर प्रचार गरिएको छ ।

    भट्टराईले वाईडबडी खरिद प्रकरणको छानबिन र अनुसन्धान गर्न आग्रह गर्दै अधिकारी दोषी देखिए त्यसको सजाय भोग्न आफू तयार रहेको बताएकी हुन् ।

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…